Guest Author लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
Guest Author लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

सोमवार, 20 फ़रवरी 2017

सुदुरपश्चिमको सम्बृद्धीका लागि वातावरणमैत्रि उर्जा

हरीशप्रसाद भट्ट

सुदुरपश्चिम पुर्वमा कर्णाली नदी र पश्चिममा महाकाली ले घेरिएको सुन्दर र देशको महत्वपुर्ण भूभाग हो । देश राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको सताब्दि पुग्न आँट्यो, यहि बेला संसारले विकास, विज्ञान र प्रविधिको  मामलामा हामीलाई अरु केहि दशक पछि छोडिदिएको छ । भुगोलमा सानो भएर पनि देशको आर्थिक सम्बृद्धीमा आधाबढी योगदान गर्न सक्ने हैसियत भएको सुदुरपश्चिम कहिल्यै राज्यका सञ्चालकहरुको नजरमा परेन । यहाँको विकास र श्रोतसाधनहरुको उपयोगकालागि कुनै वैज्ञानिक अध्ययन भएनन । प्राज्ञिक र राजनीतिक चेतना जनस्तरमा अझै पुग्न सकेको छैन । दुनियाँ ईन्टरनेटबाट अन्तरिक्षको अध्ययन गरिरहेका बेला हाम्रो शुदुरपश्चिमले भोकमरी, विभेद, अन्धविश्वास, गरिबी र घृणित राजनीतिक खिचातानीसंग जुधिरहेको छ । यहाँको भूगोल र प्रकृति आफैमा वरदान हो । पर्यटन तथा अन्य उद्द्योगहरुको बरोबरी सम्भावना छ । गणतात्रिक नेपालले संघिय संरचनामा छुट्टै प्रदेश समेत घोषणा गरिसकेको अवस्थामा यहाँको भूगोल, प्रकृति र समाजको वैज्ञानिक अध्ययन जरुरी छ । साँच्चै नै संघिय एकाईहरुलाई आत्मनिर्भर, विकसित र शान्त सम्बृद्ध बनाउँदै राष्ट्रिय लक्ष्य हाँसिल गर्न शुदुरपश्चिमको वातावरण, भूगोल, उर्जा र पर्यटन उद्योगको प्राज्ञिक अध्ययन र वहस सुरु गर्नु पर्छ । शुदुरपश्चिम कृषि र पर्यटनकालागि उत्तिकै महत्वपूर्ण र उपयुक्त ठाँउ हो । शुदुरपश्चिममा उत्तर पश्चिमी क्षेत्रबाट आउने मनसुनि वायुले गर्दा अधिकांस समय मौसमी वर्षा भईरहन्छ । यसकारण पनि अरु क्षेत्रभन्दा कम सुख्खा रहने गर्छ । गर्मी मौसममा भने भारतीय मरुभूमीबाट पश्चिम तरार्इ्तिर बहने तातो हावा -लू_ चल्नाले भने समस्या निम्त्याएको हुन्छ । न त शासनसत्ता सञ्चालक ले यहाँका समस्या सुनेका छन न त यहाँका विशेषता बारे नै उनिहरु जानकार छन । जिल्ला विकास समितीहरुको क्षेत्रिय सञ्जाल (सन २००३) ले तयार पारेको प्रतिवेदनलाई आधार मान्ने हो भने सुदुरपश्चिममा १,६९६,४६१ किलो जडिबुटी उत्पादन हुन्छ जसमा १६ लाख किलो प्रतिवर्ष त बहुमुल्य यार्सागुम्बा मात्रै उत्पादन हुँदो रहेछ । जडीबुटी मात्रै नभएर थुप्रै अरु क्षेत्रमा सम्भावना बोकेपनि हामीले आर्थिक सम्बृद्धीको सुरुवात सम्त भएको देख्न सकेका छैनौँ ।

वातावरणमैत्रि उर्जा
अहिलेको युगमा सम्बृद्धीको पहिलो सुचक भनेको उर्जालाई लिने गरिन्छ । खासगरि पेट्रोलियम पधार्थ सकिँदै गएको छ । आणविक लगायतका उर्जा अविकसित देशको पहुँचमा छैनन र उपयुक्त पनि छैनन । यस्ता ईन्धनको रुपमा प्रयोग हुने उर्जाश्रोतहरुले वातावरण लाई पनि हानि पुर्याँउछन । कमजोर व्यवस्थापन र कम श्रोतसाधनहरु भएर पनि वातावरणमैत्रि तरिकाले उर्जा उत्पादनको काम गर्नसकिन्छ । विकासका गतिवीधिहरु गर्न समेत उर्जा लाई पुर्वाधारको रुपमा लिने गरिन्छ । उर्जाका श्रोतहरु मध्ये अधिकांस नविकरणीय उर्जाका श्रोतहरुनै वातावरणमैत्रि उर्जाका श्रोत हुन् ।  ति सबै उर्जाका श्रोतहरु 

गुरुवार, 19 दिसंबर 2013

सफल उद्यमीहरूमा पाइने आठ साझा गुण

‘कुनै पनि व्यवसायमा सफल हुने मानिसमा आफ्नै तरीका र रणनीति हुन्छन्’ भनिन्छ । तर, अध्ययनको क्रममा सफल उद्यमीहरूमा केही साझा गुण हुने पत्ता लागको छ । किनकि, हरेक सफल उद्यमीसँग केही जन्मजात र केही गुण सिक्ने र अभ्यास गर्ने रहेको पाइन्छ । अधिकांश उद्यमीले सिकाइ र अभ्यासबाटै सफल हुने बानीको विकास गरेको भेटिएको छ। साथै, उद्देश्यको निर्धारण र कार्यान्वयन, रणनीतिक योजना निर्माणमा सहयोग पुर्‍याएको अध्ययनहरूले देखाएका छन ।
 तिमी पनि सफल उद्यमी बन्न चाहन्छौ भने ‘म सँग कुनै गुण नै छैनन्’ भनेर दुःखी नहोऊ, बरू सफल उद्यमीबाट सिक । अभ्यास गर र सफल भएर देखाऊ । किनकि, देश विकास उद्यमशीलताबाटै सम्भव छ । हामी सबैलाई थाहा छ । जुनसुकै काम गर्दा पनि त्यो काम गर्न केही कुरा अनिवार्य रूपमा चाहिन्छ । उदाहरणका लागि सडकमा सवारीसाधन चलाउन तपाईं सँग अनुमतिपत्र हुनैपर्छ । खेलमा उत्कृष्ट नतीजा ल्याउन कडा अभ्यास र तालीम गरेकै हुनुपर्छ । त्यस्तै, व्यवसायमा सफलता हासिल गर्न पनि योभन्दा नयाँ नियम छैन । व्यवसायमा सफलता हासिल गर्न पनि अनिवार्य रूपमा केही गुण विकास गर्ने, कार्यान्वयन गर्ने र व्यवस्थापन गर्ने क्षमता चाहिन्छ । व्यवसायमा सफल हुन अनिवार्य आठ गुण यस्ता छन्:

शुक्रवार, 23 मार्च 2012

मनमोहक धम्पुस

अधिकांश पर्यटक माछापुच्छ्रे हेर्न पोखरा जान्छन्। तर, माछापुच्छ्रेको असली दृश्यावलोकन गर्ने हो भने धम्पुसजस्तो राम्रो ठाउँ अरू कुनै छैन। माछाको पुच्छर आकारको टुप्पो भएकाले यसको नाम माछापुच्छ्रे भएको हो भनेर तपाईंले पढ्नुभएकै होला, धम्पुस जानुस् देख्नु पनि हुनेछ।

मंगलवार, 21 फ़रवरी 2012

बाइबाई आकाशवाणी ! बाईबाई टेलेक्स !!



 गणेश कुमार पौडेल


“काप बुझी आका गरी तुरी पठाइदिनू”– सुन्दा अलि अश्लील झैं लागेपनि आ.वा.को भाषा यस्तैयस्तै हुने गर्थ्यो। यसको पूरा सन्देश “कागतपत्र बुझी आवश्यक कारवाही गरी तुरून्त रिपोर्ट पठाइदिनू” भन्ने हुन्थ्यो। धेरै लामो सन्देश पठाउन नपाइने तथा अक्षरको आधारमा पैसा लाग्ने भएकाले सकेसम्म कम अक्षरमा सन्देश पठाउने गरिन्थ्यो। यीनै कारणले सन्देशहरू यस्ता हुन्थे। तुरून्त गर्नुपर्ने कामलाई तु. भन्ने चलन अद्यावधि हामीमा छँदैछ। सम्भवतः आ.वा. ले नै नेपाली भाषामा छोटकरी रूपको प्रयोग थालेको हो।

सन् २००८ को अन्त्यसँगै आकाशवाणी अर्थात् आ.वा. र टेलेक्स सेवा बन्द

बादशाह र तुरूपको एक्का

दुर्जेय चेतना


सबै भन्दा पहिले केही रमाइला र यथार्थ जापानी किस्साहरू भन्छु म..

एक पटक एउटा बेल्लौरे( बेलायती) कुकुरले सागाकै पार्कमा घुम्न गएको बेला मलाई बेस्करी भुक्यो। म एक सुरले हिँडिरहेको थिए, बेस्करी झस्किएँ। म कुकुर देखेर सानैबाट डराउने मान्छे। लामो सिक्रीमा बाँधेर डोराउँदै गरेकी बुढी आईमाईले मेरो अगाडि आएर तिन चार पटक निहुरिएर माफी मागिन्।


फुकोओका शहरमा हामी सपरिवार डुल्दै थियौँ। व्यस्त सडक र ठूला ठूला भवनहरूले हामीलाई आकर्षण गरिरहेको थियो। त्यहीनै भवनहरूलाई पृष्ठभूमिमा राखेर बाटोकै छेउमा हामी पालै पालो फोटो खिचिरहेका थियौ। फोटो खिची दिने अरू कोही नभएको ले हामीले सबै परिवारको फोटो एकै साथ खिच्न पाइरहेका थिएनौ। त्यसै बीच म परिवारको फोटो खिचिरहेको थिए, मेरो पछाडि छेउनेरै एक जना युवक उभिए। मैले उसको बाटो छेकेकी भनेर माफी मागेँ। उसले म सँग मेरो क्यामेरा मागेर, तपाइहरूको परिवारको फोटो म खिचि दिउँ भने र हाम्रो फोटो खिचिदिए। फोटो लिई सके पछि उनी मुसुक्क हाँसेर आफ्नो बाटो लागे।

जापान बसाइमा सबै भन्दा सजिलो साइकल। साइकल नभएको मान्छे र घर छैन भने पनि हुन्छ। ठूला

सोमवार, 6 फ़रवरी 2012

के सिकाउँछ विपश्यनाले

सुरज कुवँर

राम्रो राजनीति चेतना भएका एक अग्रजलाई मैले 'विपश्पना जाँदै छु' भन्दा उनले हकार्दै भनेका थिए, 'धत् ! क्षेत्रीको छोरा भएर, साधु हुन थाल्यौ कि क्या हो ?' उनले क्षेत्री शब्द उच्चारण गर्दै मलाई हो जस्तो लागेकै हो । तर, एकपटक भोगौं न कस्तो हुँदोरै'छ, 'साधु भए बालै भएन !' ठान्दै यसपटकको जाडो बिदामा उपत्यकाको उत्तरी भेगमा रहेको विपश्यना केन्द्र पुगें ।
सहरमा मेसिनजस्तो जीवन गुजारिरहेका युवायुवतीको जमात त्यहाँ भेटियो । १० दिन मौन व्रत बसेर अन्तरमन सफा गर्न आएका साधक/साधिकाहरूको भीडमा विदेशीहरू पनि थिए । सयजनाको भीडमा तीनपुस्ते उपस्थितिले मलाई विपश्नामा केही 'ग्य्राभिटी' छ, जसको मैले भरपूर उपयोग गर्न सक्नुपर्छ झैं भयो ।

चराले सास फेरेकै शैलीमा दस दिन चुप बसेर

शुक्रवार, 27 जनवरी 2012

जोखिममा सरकारी डाटा, सरकारलाइ जती घाटा त्यो भन्दा बढी तपाइ हामीलाइ

तपाईं नियमित कर तिरिरहेको छु भनेर ढुक्क हुनुहोला। त्यही कर विवरणका आधारमा 'कम्प्युटर ह्याकर'ले छिनभरमै तपाईंका सारा हिसाबकिताब आन्तरिक राजस्व विभागको वेबसाइटबाट कब्जामा लिनसक्छ। कोही कर्मचारीलाई सनक चढे 'डिलिट एस्ट्रिक डट एस्ट्रिक' कमान्ड हानैकै भरमा करदाताहरूको सम्पूर्ण विवरण स्वाहा बनाइदिनसक्छ।   त्यतिखेर कतैबाट त्यो डाटा 'रिकभर' हुन नसके के होला? अनी पुरपुरोमा हात राखेर सरकारलाइ सत्तो सराप हाल्ने बाहेक अरू केही हुदैन । नेपालका अधिकांश सरकारी कार्यालयले त्यस्ता महत्वपूर्ण डाटा रिकभर हुनेगरी राखेका छैनन्, परराष्ट्रको 'मेसिन रिडेबल पासपोर्ट' बाहेक।

सूचना प्रविधिमा एउटा चर्चित भनाइ छ - एकपटक इन्टरनेट सञ्जालमा पसेपछि व्यक्तिगत गोपनीयता भन्ने केही बाँकी रहन्न। यो भनाइलाई पछिल्लो समय सही साबित गरेको छ, विकिलिक्सले। संसारभरका अमेरिकी दूतावासहरूबाट पठाइएका गोप्य सूचना र दस्तावेज एकपछि अर्को सार्वजनिक गरेर विकिलिक्सले तहल्का मच्चायो। यसले बन्द कोठाभित्र भएका कतिपय गोप्य सहमतिहरू मात्र उजागर गरेन, राजनीतिक, सामाजिक, व्यावसायिक लगायत क्षेत्रका को-को व्यक्ति अमेरिकासँग निकट रहेर काम गरिरहेका छन् भन्ने पनि खुलासा गर्‍यो।

विकिलिक्सको 'अमेरिका केबुल'को सनसनीपूर्ण खुलासाले संसारभरका

गुरुवार, 26 जनवरी 2012

कम्प्युटर सुरक्षित चलाउने तरीका जानी राखे राम्रो ।

कम्प्युटर प्रयोग गर्नेले ध्यान दिनुपर्ने सबैभन्दा पहिलो कुरा हो, त्यसको सुरक्षा। यसका लागि एन्टिभाइरस सफ्टवेयर अनिवार्य हुन्छ। यसका सिडीहरू बजारमा सजिलै किन्न पाइन्छ। कम्पनी र काम गर्ने अवधिअनुसार मूल्य भने फरकफरक हुनसक्छ। खर्च नगर्ने नै हो भने इन्टरनेटबाट सित्तैमा डाउनलोड गर्न पनि सकिन्छ। डाउनलोड डट कम डट एनपी, फाइलहिप्पो जस्ता साइटमा निःशुल्क एन्टिभाइरसका सफ्टवेयरहरू पाइन्छ।


 एन्टिभाइरस सफ्टवेयर एकपटक कम्प्युटर राखेपछि सधैंलाई ढुक्क हुन्छ भन्नेचाहिँ छैन। सफ्टवेयर बनिसकेपछि निस्किएका नयाँनयाँ भाइरसले सताउने समस्याबाट जोखिन नियमित अपडेट गरिरहनुपर्छ।


कुनै पनि वेबसाइटमा संवेदनशील निजी जानकारी राख्नुअघि वेबसाइट कत्तिको सुरक्षित छ भन्नेमा ख्याल राख्नुपर्छ। बैंक खातासम्बन्धी जानकारी, अनलाइन सपिङजस्ता कारोबारसँग सम्बन्धित मात्र होइन, पासवर्ड राख्नुपर्ने पनि कुनै पनि साइट खोल्दा सुरुमा https छ/छैन याद गर्नुहोस्। http मात्र छ भने s थपेर मात्रै अगाडि बढ्नुहोस्। s थपिएपछि सुरक्षित हुन्छ। केही वेबसाइटमा सेक्युरेटी अप्सनमा गएर सधैंलाई https आउने बनाउन सकिन्छ। उदाहरणका लागि फेसबुक। फेसबुकको एकाउन्ट सेटिङअन्तर्गत सेक्युरिटी अप्सनमा गएर सधैंलाई https आउने बनाउन सकिन्छ।

कम्प्युटर बन्द गर्दा वा अरूलाई प्रयोग गर्न दिँदा इन्टरनेट ब्राउजर सिधै बन्द नगरी चलाइराखेका वेबसाइट लगआउट गरेर मात्र

बुधवार, 18 जनवरी 2012

उधारो आदर्श (लघुकथा)

सडक छेउको चिया पसलमा शिक्षित जस्ता देखिने तीन जना युवकहरु धूँवादार राजनैतिक वहसमा लागेका थिए । तीनै जना भिन्न-भिन्न दल र राजनैतिक सिद्धान्तमा विश्वास राख्ने भएकाले आफूहरु सो दल वा गुटमा किन लागेको भन्ने वारेमा आ-आफ्नो तर्क दिँदैं थिए ।

"...म सक्रियताका साथ लागेको दल सधैं सत्तालाई भन्दा सत्यलाई बढी स्थान दिन्छ..." पहिलो युवकले आफ्नो संलग्नताको आधार खुलाउँदै भन्यो "...राजनीति स्वार्थको लागि हैन, सेवाको लागि हुनुपर्छ भन्नेमा मेरा नेताहरुको एक मत छ, त्यसैले म यो दलमा प्रवेश गरेको"

"मेरो पार्टीका नेताहरु हरेक समस्या र मुद्दामा सधैं एकजुट हुन्छन्..." दोस्रो व्यक्तिले आफ्नो विचार प्रष्ट्याउँदै भन्यो "... राजनीतिमा एकता र अखण्डता भन्दा ठूलो कुरा अरु केही छैन, त्यसैले म यही पार्टीलाई समर्थन गर्छु "

"मेरो दलका नेताहरु राष्ट्रप्रति एकदमै बफादार र राष्ट्रभक्त छन..." तेस्रो व्यक्तिले आफ्नो आस्थाका कारण बताउँदै भन्यो "...मेरो दल विदेशीका सामु कहिल्यै झुक्दैन, त्यसैले म यो यो दलमा लागेको"

उनिहरु देशको तात्कालिक राजनीतिको बारेमा यसरी चर्काचर्की गर्दैथीएँ मानौं ति सबै दलका राष्ट्रिय मुद्दा र राजनैतिक निर्णयका अन्तिम निर्णायक उनिहरु नै हुन ।

त्यत्तिकैमा चिया पसलमा चौंथो युवकको प्रवेश हुन्छ ।

सोमवार, 19 दिसंबर 2011

गुरू बन्दना

पुर्वज गुरू ऋषि अत्रि
सनातन धर्ममा गुरुको यसै पनि अत्यन्तै ठूलो स्थान छ र गुरुलाई गुरुर्बर्ह्मा गुर्रुर्विष्णुः गुर्रुर्देवो महेश्वर भनेर स्वयं ब्रहृमा, विष्णु र महेश्वर को समेत दर्जा दिई देबता तुल्य मानिएको छ । हाम्रा प्राचिन धर्म शास्त्रमा गुरुको महिमा यत्ति छ की जुनसुकै तन्त्र, मन्त्र वा साधनाको अघि र साधना पछाडि पनि गुरुको बन्धना वा स्मरण गर्ने बिधान छ । यत्ति मात्रै नभई कुनै पनि बिधि बिधान, तन्त्र, मन्त्र वा साधना नै नगरे पनि केवल गुरु कृपाले मात्रै पनि ज्ञान प्राप्त हुने समेत चर्चा शास्त्रहरुमा यत्र तत्र पाईन्छन् भने गुरु विना यी कुनै पनि सधाना सफल नहुने पनि बताईन्छ ।

पश्चिमी संसारमा अंग्रेजिमा यौटा भनाई प्रचलित छः- “खराब गुरुले बताउँछन,

मंगलवार, 6 दिसंबर 2011

लौ फसाद !

 नरेन्द्र बास्तोला
लेखनाथ-८, शिशुवा

श्रीमतीले आफ्नो श्रीमानलाइ हतार हतारमा चिठी लेखिछिन तर ठाउ ठाउमा पूर्णबिराम दिन भुलिछिन जब याद आयो हतार हतारमा हचुवाको भरमा पूर्णबिराम लगाइछिन् र चिठीको नमुना यस्तो भयो.............

तपाइले धेरै दिन बितिसक्दापनि चिठी लेख्नु भएन मेरो साथी रमा लाई। जागिर बाट निकालिदियो हाम्रो गाइले। बाछा पायो अंकलले। चुरोट पिउन छोड्यो मैले। धेरै चिठी लेखे तर तपाई आउनु भएन परेवाको सन्तान । बिरालोले खायो एउटा राम्री केटि सिमा । मेरो साथी बनेकी छ ऐले टेलिभिजन प्रोग्राममा डान्स गर्दैछे हाम्रो कुखुरा । आज भोलि अन्डा दिनै छाडी हजुरको आमा । तपाइलाई धेरै याद गर्छिन घरमा काम गर्ने नोकर्नी । घर सफा राख्दिनन हजुरको बैनी । बिहे गर्दैछिन 
हजुरको प्यारी श्रीमती

शनिवार, 3 दिसंबर 2011

पहिलो प्रेम

           

अतिथी कलमका रूपमा मेरो नजिकैका छिमेकी, गुरू तथा अभिभावक उहाँका छत्र छायाँमा धेरै कुरा सिक्न पाए जसको कारण म आँफुलाइ जिवनमा अगाडी बढाउन उर्जा प्राप्त गरीरहेको छु ।  यो गिती कथाका रूपमा रेडियो अन्नपुर्ण मार्फत प्रसारण भै सके पनि म सँग भएको सफ्ट कपी लाइ यहाँ नउतारी रहन सकीन ।

पहिलो प्रेम

बाबुराम थापा
लेखनाथ -८, शिशुवा

हिमाल संग जोडिएको जस्तो देखिने हरियाली पाहाडमा मेरो गाँउ पर्दछ । हाम्रो गाँउ बेशिबाट झलक्क हेर्दा भिरालो भु–दृष्यको अन्दाज लगाईएपनि वास्तबिकता त्यस्तो नभई ठुल ठुला फराकिला बारीका गह्रा अनि केही भिराला दग्रा र होचा कान्लाहरुले मिलेर चिटिक्क परेको छ याहाको भौगोलिक आधार, सौन्दर्यले पूर्ण दुर्गम मेरो गाँउ पुग्न कठिन यात्रा लागेपनि गाँउ पुगी सकेपछि भने मनमा यहाँको सौन्दर्यले स्वर्गिय आन्नदको अनुभुती हुने गर्दछ । अपार प्राकृतिक सम्पदाले भरिपूर्ण यो ठाँउ तर बिडम्बना यी संम्पदाका बारेमा नजान्दा दुखी छन् यहाँका मानिसहरु, रुढिबादी एवं अन्धबिश्वास परम्पराले बाँधिएको हाम्रो समाजमा आफ्नै खालको संस्कृती बिद्यमान छ । यद्यपि केही शिक्षित मानिसहरु यी संस्कारका बिरुद्धमा देखा परेपनि अधिकांश निर्दोष मानिस यी चालचलन र रितीरिवाजलाई जीवन्त तुल्याउन प्रयत्नरत देखिन्छन् । अर्को तर्फ हाम्रो संस्कार संग जोडिएको एउटा पाटो छ । मै हुँ भन्ने

गुरुवार, 1 दिसंबर 2011

घान्द्रुक



ढुङ्गाले छाएर चिटिक्क पारिएको चारपाखे घरको आँगनमा बसेर धवलागीरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमाललाई हेर्ने धोको बोकेर कास्कीको पर्यटकीय स्थल घान्द्रुक पुग्ने पर्यटकका लागी अब बदलिएको युरोपियन शैलिमा बनेका घरमा बसेर धोको पुरा गर्नु पर्ने बाध्यता आएको छ ।
     बिगत केहि बर्ष यस गुरुङ्ग गाँउमा सिमीत ब्यक्तिको स्वार्थका कारण आधुनिक कंक्रीटका युरोपियन शैलिका घर बनाउने होडबाजी चलेको छ ।
    बिदेशी पाहुना आएर बसेपछी भनेजति पैसा लिन त उनीहरु पाउछन तर मकै गहुँको परिकार बनाएर गुन्द्रुकको चटनी संग पर्यटकलाई खुवाउदाको पुरानो अनुभुती चाँही भुलेका छन् अहिले घान्द्रुक बासीले ।